SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

एमालेको सत्तापक्षलाई चेतावनीः विपक्षीका लागि खनेको खाल्डोमा आफैं खस्नु होला

काठमाण्डु– एमाले सांसद् यशोदाकुमारी बरालले विपक्षीसँग प्रतिशोध साँध्ने नियतले कानून बनाउँदा भविष्यमा ‘आफैंले खनेको खाल्डोमा खस्ने’ सम्भावनाबारे सचेत रहन सरकारलाई आग्रह गरेकी छन् । सम्पत्ति शुद्धीकरण ऐन (मनि लाउण्डरिङ) संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताका तर्फबाट बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले बदला र प्रतिशोधको नियतबाट सरकार अघि बढ्न खोजेको आरोप लगाइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी