पूर्वमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति
काठमाण्डु– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप गरिएको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो ।
