कर्णाली नदीमा यात्रु बोकेको माइक्रो खस्यो, एक जनाको उद्धार
काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ । बिहीबार दिउँसो दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत साङ्गेतरास्थित उक्त माइक्रो कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी सुर्खेत पञ्चपुरी न.पा. ८ का २८ वर्षीय तुलाराम सुवेदीले चलाएका थिए ।
