पेट्रोलियमको कृत्रिम अभाव अन्त्य गर्न सरकारलाई रोकायको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
