SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

११ वर्षीय बालकले ट्रक चलाउँदा आठ भिक्षुको मृत्यु

बैंकक । थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले आफ्ना अभिभावकको पिकअप ट्रक अनुमति बिना चलाउने क्रममा धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा आठ भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।