संसदमा इन्टरनेट सेवा अवरुद्ध, संसद् बैठकको लाइभ रोकियो
काठमाण्डु–इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहीबार प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण रोकिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले इन्टरनेटमा प्राविधिक समस्या आएकाले संसद् बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको जानकारी काठमाण्डु पाटीलाई दिए । गिरीका अनुसार मर्मतकार्य जारी छ । उनले केही समयमै मर्मत सकेर इन्टरनेट सेवा सुचारु हुन सक्ने बताए ।
