SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारामा सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनबाट काठमाण्डु र पोखरातर्फ हिंडेका तथा मुग्लिनबाट भरतपुरतर्फ गइरहेका सयौं सवारी साधन र हजारौं यात्रु बीच बाटोमै रोकिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी