सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो
काठमाडौं । माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोकेको छ । लामो समयदेखि माइतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीनहरु बिहीबार सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर उनीहरुलाई प्रहरीले बीच बाटोबाट नै फर्काइदिएको हो । दृष्टिविहीनहरुको माग सम्बोधन गर्न दबाब दिन उनीहरुले सिंहदरबार घेराउको रणनीति बनाएका थिए ।
