SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

हेल्मेट नलगाइ बुलेट चलाउँदा मुख्यमन्त्री शाह कारबाहीमा, ट्राफिक प्रहरीले काट्यो चिट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा ट्राफिक कारबाहीमा परेका छन् । मुख्यमन्त्री शाहले आफ्नै निवास परिसरमा हेल्मेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर नियम उल्लङ्घन गरेको भन्दै चिट काटेको हो ।