प्रतिनिधि सभाको इन्टरनेट बिग्रियो, लाइभ प्रभावित
काठमाडौं । प्रतिनिधि सभा बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित नवनिर्मित प्रतिनिधि सभाको हलमा बैठक बसिरहे पनि प्रत्यक्ष प्रशारण भने हुन सकेको छैन । प्रतिनिधि सभाको हलमा इन्टरनेट बिग्रिएको कारण आजको बैठक लाइभ गर्न नसकिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले लोकपथलाई जानकारी दिए ।
