SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारी : देशभर २ सय ७७ उपकरण तैनाथ

काठमाडौं । सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च शतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ । विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारु राख्न विशेष योजना अघि सारेको हो ।