एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
