कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ
काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी बिहीबार बिहान पक्राउ परेका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१८ कटानबाट उनलाई पक्राउ गरेको हो । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार, भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो । पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई अदालतमा पेस गर्ने तयारी रहेको डीएसपी रावतले जानकारी दिए ।
