प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ बैंकले उक्त डिजिटल बोर्ड प्रदान गरेको हो । यस सहयोगबाट विश्वविद्यालयको शिक्षण तथा सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
