SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिँदै नेपाल लाइफले जित्यो ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट-२०२५’ अवार्ड

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा ठूलो उपलब्धि हासिल गरेको छ । कम्पनीले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत स्वर्ण पुरस्कार प्राप्त गरेको हो । यो पुरस्कार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले प्रदान गरेको हो ।