SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ । डोटीको के.आई. सिंह गाउँपालिका–४, बगर वायलस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई बैंकले वाटर डिस्पेन्सर प्रदान गरेको छ । उक्त विद्यालयमा कक्षा ५ सम्मका ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।