पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना, युवकको मृत्यु
नवलपरासी । नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी २३ वर्षीय तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो ।
