अमेरिका पनि पुग्यो अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो
काठमाण्डु- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियम सम्पन्न खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २–० गोल अन्तरले जित निकालेको हो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गरेको गोलले अमेरिकाले अग्रता कायम गरेको थियो।
