शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेका संरचना हटाउन नगरप्रहरीलाई निर्देशन दिएकी छन् । महानगरपालिकाको ५३औँ नगर कार्यपालिका बैठकमा उनले शान्ति बाटिकामा रहेका संरचना हटाउन कुनै कानुनी अवरोध नरहेको भन्दै आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइन् ।
