सरकारलाई शंकर पोखरेलको प्रश्न : ‘राजनीतिकरण अन्त्य’ केवल नारामात्र हो ?
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने नाममा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापाको नियुक्तिपछि सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।
