SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

सामाजिक कथामा बन्ने ‘मन विनाको धन–२’मा विपीन कार्कीको इन्ट्री

काठमाडौं । चलचित्र ‘मन विनाको धन–२’ मा अभिनेता विपीन कार्की अनुबन्ध भएका छन् । टंक बुढाथोकीको कथा तथा निर्देशन रहने चलचित्रमा विपीनको प्रवेशसँगै कलाकार टोली थप बलियो बनेको निर्माण पक्षले जनाएको छ । यसअघि नै चलचित्रमा नायिका पूजा शर्मा फाइनल भइसकेकी थिइन् । विपीन र पूजाले पहिलो पटक एउटै प्रोजेक्टमा सहकार्य गर्न लागेका हुन् ।