मनसुनको प्रभाव देशैभर, यी स्थानमा हुनेछ भारी वर्षा
काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
