SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रस्तावमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकमा विभिन्न १३ वटा कार्यसूची समावेश छन् । बैठकमा विधेयकमाथिको छलफल, समितिका प्रतिवेदन पेस, आवश्यक प्रस्तावहरू प्रस्तुत गर्ने लगायतका विषय कार्यसूचीमा रहेका छन् ।