विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी मनिषा विक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
