खानी क्षेत्रको सम्भावना उपयोग गर्न नीतिगत सुधार आवश्यक : संसदीय उपसमिति
काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सार्वजनिक वित्त उपसमितिले नेपालको खानी तथा खनिज क्षेत्रको प्रभावकारी उपयोगका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ । उपसमितिले मंगलबार खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै उत्पादनमुखी लगानी, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि खानी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको हो ।
