आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई साढे २ लाख जरिवाना
काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि जरिवाना तिराइएको छ । उपभोक्ताको गुनासो र उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
