अब ग्लोबल आइएमई बैंकको खाता ग्राहक आफैँले रोक्का गर्न मिल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ एपबाटै खाता रोक्का गर्न सकिने सुविधा ल्याएको छ । पछिल्लो समय बढिरहेको डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको हो ।
