SHARE
लोक पथ · बुधबार १७ असार २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

अन्ततः खुल्यो भारतीय बजार, दुई महिनापछि नेपाली चिया निर्यात सुरु

काठमाडौं । गुणस्तर परीक्षणको झन्झटिलो प्रक्रियाका कारण लामो समयदेखि रोकिएको नेपाली चियाको भारततर्फको निर्यात अन्ततः पुनः सुरु भएको छ । यससँगै उद्योगी, व्यवसायी र हजारौँ चिया किसानमा फेरि आशा पलाएको छ । गोदाममा थन्किएको चिया अब बजारतर्फ जान थालेको छ भने नयाँ अर्डर पनि आउन थालेका छन् ।