‘विमान नथपेसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सम्भव छैन’
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोलले विमानको संख्या नथप्दासम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नसकिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले विमानस्थल विस्तारसँगै वायुसेवाको क्षमता पनि समानान्तर रूपमा नबढाउँदासम्म नियमित उडान सम्भव नहुने बताएका हुन् ।
