झापामा क्लिनिक र ल्याब मापदण्ड विपरीत सञ्चालन, व्यवसायीलाई सचेत गराएर छाडियो छैन कारबाही
झापा : झापाको सदरमुकाम भद्रपुरमा रहेका क्लिनिक र प्याथोलोजी ल्याब मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। औषधि व्यवस्था विभागले फार्मेसी तथा स्वास्थ्य कार्यालयले प्याथोलोजी ल्याबहरूको कडाइका साथ अनुगमन तथा कारबाही नगर्दा स्वास्थ्य क्षेत्रमा पनि विकृति बढ्दै गएको पाइएको हो। नगर क्षेत्रमा सञ्चालित क्लिनिक, औषधि पसल (फार्मेसी), ल्याब, डेन्टल तथा आयुर्वेदिक उपचार केन्द्रहरूको लामो समयदेखि अनुगमन नभएको र विकृतिसमेत बढेको जनगुनासोको आधारमा भद्रपुर नगरपालिकाले अनुगमन कार्यलाई तीव्रता दिएको छ।
