दोहोरो झडपमा हतियार प्रहार, एक जना घाइते
विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति दोहोरो झडप भएको छ। झडपका क्रममा हतियार प्रहार हुँदा एक जना युवक घाइते भएका छन्। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार धारिलो हतियार प्रहारबाट कटहरी–४ का २७ वर्षीय शेख आजम घाइते भएका छन्। घाँटीमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ रेफर गरिएको छ। आईसीयूमा उपचाररत आजमको अवस्था मध्यम रहेको चुँडालले बताइन्।
