सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने
काठमाडौं : सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन्। सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन्। बैठकपछि नेताहरूले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किएपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन्।हालः अमेरिका भ्रमणमा रहेका उपसभामुख भदौ १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ।
