विपक्षी दलले भन्यो- उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्छौं
काठमाडौं : संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षड्यन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्ष दलहरूबीच एकमत रहेको बताए।
