SHARE
अन्नपूर्ण · बुधबार ४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

एमाले मोरङको पार्टी कार्यालय पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

विराटनगर : पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको पार्टी कार्यालय पुगेकी छन्। पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन अवज्ञा गर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेकी हुन्। उनले त्यहाँ उपस्थित एमाले कार्यकर्तालाई सम्बोधनसमेत गरिन्। पार्टी कार्यालय पुग्नेबित्तिकै उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेकी छन्।