SHARE
अन्नपूर्ण · बुधबार ४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

युक्रेनलाई 'सुरक्षा ग्यारेन्टी' दिन युरोपेली मुलुक तयार, बेलायती सेना प्रमुख उडे अमेरिका

काठमाडौं : बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाँदैछन्। युक्रेनका लागि 'सुरक्षा ग्यारेन्टी'हरूबारे विस्तृत वार्तामा सहभागी हुन् उनी अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री किअर स्टार्मरले रक्षा प्रमुख सर टोनी राडाकिनलाई शान्ति सम्झौता भएमा युक्रेनको सुरक्षाका लागि आवश्यक उपायहरू विस्तृत रूपमा तयार गर्न निर्देशन दिएका छन्।यसैबीच प्रधानमन्त्री स्टार्मरले 'गठबन्धन राष्ट्रहरू'को भर्चुअल बैठकको अध्यक्षता गर्ने भएका छन्।