SHARE
अन्नपूर्ण · बुधबार ४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

अफगानस्तानको गोलकिपर प्रशिक्षकमा मनिश तिम्सिना

काठमाडौं : नेपाली राष्ट्रिय टिमका पूर्व गोलरक्षक प्रशिक्षक मनिश तिम्सिना अफगानस्तानको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन्। मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली गोलकिपर प्रशिक्षक समेत हुन्। मनिषले भारतमा गोकुलम केरला, पन्जाब एफसी क्लबको गोलकिपर प्रशिक्षक भएर काम गरिसकेका छन्।