SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

उजुरीकर्ता सबैलाई होइन, आवश्यक परेकालाई मात्र सुनुवाइमा बोलाऔँ : कविन्द्र वुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिविरुद्ध उजुरी दिने सबै व्यक्तिलाई अनिवार्य रूपमा समितिमा बोलाउन आवश्यक नरहेको बताएका छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको आगामी सुनुवाइसम्बन्धी आन्तरिक तयारी बैठकमा बोल्दै उनले उजुरीकर्तालाई बोलाउने वा नबोलाउने अधिकार समितिका सभापतिको क्षेत्राधिकारभित्र राख्नुपर्ने धारणा राखे ।