SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली-अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङ क्षेत्रमा खानी उत्खननसम्बन्धी कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी दिए ।