दार्चुलामा अनुमति बिनै भारतीय हेलिकप्टर प्रवेश, के भन्छ सरकार ?
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भू-भागमा प्रवेश गरेको स्पष्ट पारेका छन् । बुधबार संघीय संसदको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा भएको उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित वा गलत मनसाय नदेखिएको बताए ।
