रास्वपा अनुशासन आयोगको जिम्मेवारी लेखनाथलाई, लेखा र निर्वाचन आयोगमा पूरानै टिम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको जिम्मेवारी लेखनाथ पौडेललाई दिइएको छ । आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले विभिन्न आयोगको नेतृत्व चयन गरेको हो । कास्की स्थायी ठेगाना भएका पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन् । त्यसो त रास्वपाको निर्वाचन र लेखा आयोगमा भने पूरानै टिमलाई जिम्मेवारी दिइएको छ ।
