मेची राजमार्गमा स्कोरपियो र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
झापा : झापाको मेची राजमार्गमा स्कोरपियो र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ का ४६ वर्षीय ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ आज दिउँसो साढे ३ बजेतिर इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कोरपियो गाडी र विपरीत दिशाबाट आइरहेको प्र.१–०१–०१६ प.३६६१ नम्बरको मोटरसाइकलसँग ठोकिएको थियो।
