दुई गाउँपालिकाले दिए नारायणी अस्पताललाई ६ थान एसी
वीरगन्ज : पर्साको जगरनाथपुर र जिराभवानी गाउँपालिकाले वीरगन्जको नारायणी अस्पतालमा ६ थान वातानुकूलित एसी प्रदान गरेका छन्। जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले ३/३ थान वातानुकूलित एसी प्रदान गरेका हुन्। मंगलबार यादव र चौधरीले अस्पतालमै पुगेर अस्पतालका मेसु डा. चुमनलाल दासलाई एसी हस्तान्तरण गरेको अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए।
