भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा चिनियाँ विदेशमन्त्री यीले प्रधानमन्त्री मोदीलाई चीन भ्रमणको औपचारिक निम्तो दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।प्रधानमन्त्री मोदीलाई चीनको तियानजिनमा हुने शाङ्घाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिइएको हो। भेटका क्रममा विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश पनि प्रधानमन्त्री मोदीलाई सुनाएका थिए।
