विदुरमा अखाद्य वस्तु जफत गरी नष्ट
नुवाकोट : चाडपर्व नजिकिएसँगै नुवाकोटको विदुरमा बजार अनुगमन सुरु गरिएको छ। बजारमा बिक्री वितरण भइरहेका खाद्य वस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीतामा गुनासो आएपछि विदुर नगरपालिकाले बजार अनुगमन गरेको हो। चालु आर्थिक वर्षको सुरुवाती चरणमा विदुर नपामा रहेका विभिन्न बजारहरूमा पुगेर छड्के अनुगमन गरिएको विदुर नगरपालिकाले जनाएको छ। बजार अनुगमन समितिले विदुर १, २, ४ र ९ मा रहेका ११ वटा विभिन्न होटेल तथा रेस्टुरेन्टहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।
