SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

रास्वपाका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय चमतीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन् । चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन भएका थिए।