SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले हालको संसदीय सुनुवाई प्रणालीलाई सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आगामी सुनुवाइसम्बन्धी आन्तरिक तयारीबारे छलफलका क्रममा उनले संसदीय व्यवस्थामा नेपालमा अभ्यास भइरहेको सुनुवाई प्रणालीको प्रभावकारिता र औचित्यमाथि पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।