मेयरसँग टकरावपछि एमालेले सोध्यो उपमेयरसहित चार जनप्रतिनिधिलाई स्पष्टीकरण
परासी : सुनवल नगरपालिकाका मेयर विमला अर्यालसँग टकराव भएपछि एमाले नवलपरासीले उपमेयर सूर्य दुबेसहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ।नगरपालिकाले गर्ने निर्णय र कामकारबाहीमा मेयर अर्याललाई असहयोग गरेको र त्यसमा अन्य तीन जना जनप्रतिनिधिले सघाएको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको एमाले स्रोतले जनाएको छ। एमाले केन्द्रीय सदस्यसमेत रहेकी मेयर अर्याल र स्पष्टीकरण सोधिएका सबै एमालेबाट निर्वाचित हुन्।
