SHARE
अन्नपूर्ण · बुधबार ४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

गौर हत्याकाण्ड : सर्वोच्चको आदेशले राजनीति तरंगित, पीडितहरूलाई बढ्यो न्यायको आशा

सिरहा : रौतहटको जुद्धमाविको होस्टल हालः गौर नगरपालिका-३ मा थियो। त्यहीँ जोडिएको छ, राइस मिलको क्षेत्र। त्यसबखत होस्टलमा करिब ३ सयभन्दा बढी विद्यार्थी बस्थे। उनीहरू कक्षा १० को ‘टेस्ट’ परीक्षा दिएर एसएलसीको पर्खाइमा थिए। एसएलसी चैत १५ गतेबाट सुरु हुँदै थियो। त्यसअघि ०६३ चैत ७ गते त्यो क्षेत्र तनावग्रस्त भयो। कारण हो, तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका नेता-कार्यकर्ताबीचको झडप। त्यस झडपमा परी ५ महिला र २२ पुरुष गरी २७ जनाको ज्यान गयो। ५० जनाभन्दा बढी घाइते भए।