इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन
२ भदौ, काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो।
