SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

काठमाडौं । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनापछि भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । घटनालगत्तै शिक्षण केन्द्रका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।